पर्यटन प्रर्वधनमा टेवा पुर्याउने पत्रकार सम्मानीत

  • प्रकाशित मिति : शुक्रबार, भदौ २२, २०७५
  • Tourism Sanchar

पोखरा,  भदौ २२। पोखराको पर्यटन प्रर्वधनमा टेवा पुर्याएको भन्दै पत्रकार सागर राज तिमिल्सिनालाई रेवान पोखराले सम्मान गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले तिमिल्सिनालाई नगद २५ हजार, सम्पानपत्र र दोसल्लाले सम्मान गरे ।

रेस्टुरेन्ट एन्ड बार एसोसियन अफ नेपाल पोखराको २४ औं वार्षिक साधारण सभा तथा १३ अधिबेसनको अवसर पारेर पर्यटन प्रबद्र्धनमा योगदान कदर गर्दै उनलाई सम्मान गरिएको हो । पत्रकार तिमिल्सिना बिगत १६ वर्ष देखि पोखराको पत्रकारितामा क्रियाशिल छन् ।