रुकुम पश्चिममा स्र्यापु पर्यटन महोत्सव हुने

  • प्रकाशित मिति : मङ्लबार, भदौ १९, २०७५
  • Tourism Sanchar

रुकुम , भाद्र १९ । रुकुम पश्चिममा स्र्यापु पर्यटन महोत्सव हुने रुकुम पश्चिमको एक पर्यटकिय गहनाको रुपमा रहेको स्यार्पुमा पर्यटन महोत्सवको आयोजना हुने भएको छ । बाँफिकोट गाँउपालिकाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । असोज ११ देखी १५ सम्म स्यार्पु पर्यटन महोत्सव आयोजना गरिने वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।

स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा शयर तथा अर्गानिक बस्तुको प्रर्दशन हुने बताइएको छ । यसको तयारीका लागी बिभिन्न समितीहरु निर्माण गरिने र प्रचार प्रसार गरिने अध्यक्ष के.सीले जानकारी दिनुभयो ।