बन्दीपुरमा पर्यटन महोत्सवको हुदैँ, यस्तो छ तयारी

सविन रेग्मी / पाेखरा ,भाद्र १६ । तनहँको बन्दिपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सवको तयारी सुरु गरिएको छ । बन्दीपुरको पर्यटन र सांस्कृतिक परवर्तन गर्ने उद्देश्यसहित बन्दीपुर गाउँपालिका ,बन्दिपुर युनेस्को रोट्याकक्लव दमौली र ड्याप्स नेपालको आयोजनामा महोत्सव हुन लागेको हो ।

जिल्ला समन्वय समितिले दोस्रो सभाबाट यो वर्षलाई भेटघाट वर्षका रूपमा मनाउने निर्णय गरेसँगै गाउँपालिकाले महोत्सवसँग जोडेर बन्दीपुर भेटघाट वर्षसमेत मनाउन लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुर नेपालकै प्रमुख पर्यटकीय गन्तव्य भएको र यहाँका पर्यटकीय स्थल एवं संस्कृतिको प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

महोत्सवमा स्थानीय सांस्कृतिक झल्कने लाखेनाच , डोको नाच , कौरा नाच, रतौली,तिज गित , देवीनाच, झ्याउरे नाच , गुरूङ नाच, गन्धर्व गीत , सोरठी ठाडो भाका लगायतका प्रस्तुतिका साथ अन्य बिभिन्न संस्कृती झल्काउने प्रस्तुती रहने आयोजकले जनाएको छ । बन्दिपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव भदौ २२ र २३ गते हुनेछ । महोत्सवको करिब १ लाखभन्दा बढिले अवलाेकन गर्ने लक्ष्य राखिएको छ ।