श्रीलङ्काली राष्ट्रपति दर्शनको लागी आउने भएपछि बौद्ध चैत्यमा विशेष सरसफाइ

  • प्रकाशित मिति : बुधबार, भदौ १३, २०७५
  • Tourism Sanchar

काठमाडौँ, भाद्र १३ । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि आउने भएपछि आज विशेष सरसफाइ गरिएको छ । करीब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि नेपाली सेना, प्रहरी, स्थानीयवासी लगायतले सफासुग्घर तथा रङरोगन गरेका हुन् ।
सम्राट अशोकले आफ्नो छोरी चारुमतीको नेतृत्वमा धर्मदूत पठाएर निर्माण गरिएको इतिहास पाइन्छ । ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि काठमाडौँ, श्रीलङ्का, म्यान्मार, थाइल्याण्डलगायत विभिन्न मुलुकमा आफ्ना छोरा, छोरी तथा विश्वासिला दूत पठाएका थिए ।
श्रीलङ्काका राष्ट्रपति सिरीसेना बिम्स्टेकको बैठकमा सहभागी हुन आउने क्रममा यही भदौ १७ गते उक्त चैत्यमा आउने कार्यक्रम रहेको छ ।