भाद्र १४ गते बिहान साढे २ घण्टा बिमानस्थल बन्द हुने

  • प्रकाशित मिति : मङ्लबार, भदौ १२, २०७५
  • Tourism Sanchar

काठमाण्डौ,भाद्र १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १४ गते बिहान ८ देखि साढे १० बजेसम्म बन्द हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौंमा हुने चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरुलाई लक्ष्य गरी साढे २ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।
कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्ने जनाइएको छ । यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश सुविधा सम्मेलन अवधिभर नहुने बताइएको छ ।
प्रवेश पास भएका वा परिचयपत्र भएका तथा यात्रु लिई आएकाबाहेक अन्य खाली ट्याक्सीलाई प्रवेश निषेध भएकाले रिङरोड नजिकको विमानस्थल प्रवेशद्वारबाटै प्रवेश निषेध गरिएको छ ।