ललिपुरमा एन्टोजको शाखा बिस्तार, अध्यक्षमा रानाभाट

  • प्रकाशित मिति : शनिबार, भदौ ९, २०७५
  • Tourism Sanchar

ललितपुर, भाद्र ९ । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को ललितपुर शाखा बिस्तार भएको छ । आज ललितपुरमा भएको पहिलो अधिवेशनबाट प्रकाश रानाभाटको नेतृत्वमा ११ सदस्यीय कमिटि गठन भएको हो ।
एन्टोज ललितपुर शाखाको वरिस्ठ उपाध्यक्षमा राजकुमार खाती, महिला उपाध्यक्ष अमिशा शर्मा, सचिव हेमराज निरौला, सहसचिव प्रज्ञा पराजुली, कोषाध्यक्ष एलिना ढकाल र सदस्यहरूमा सविना भण्डारी, अनिल बोहरा, सुशील बराल चयन हुनुभएको हो ।
शाखाले प्रदेश अधिवेशन प्रतिनिधिमा रेणुका आचार्य र विक्रम दाहाललाई चयन गरेको छ ।


ललिपुरको पहिलो अधिवेशनमा बोल्दै नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)का केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले पत्रकारीताको माध्यमबाट हरेक पर्यटन क्रियाकलाप गरेर अघि बढ्न र पर्यटन प्रवद्र्धनमा ललितपुर शाखाले अहम भुमिका खेल्न समेत आग्रह गनुभएको थियो । उहाँले सरकारले गर्ने हरेक पर्यटन क्रियाकलापमा पर्यटन पत्रकारहरुले समन्वय गरेर स्थानिय स्तरबाटै पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने समेत बताउनुभएको थियो ।
त्यस्तै शाखा अध्यक्ष रानाभाटले केन्द्रसंग सहकार्य गरी सस्थालाई अगाडी बढाउने बताउनुभएको थियो । एन्टोजले यसअघि देशका ६५ भन्दा बढी जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।