एन्टोज जिल्ला शाखा काठमाण्डौंले गर्याे पर्यटन मन्त्री सहित पर्यटन प्रवद्र्धक संस्थाका अध्यक्षलाई बिशेष सम्मान

  • प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५
  • Tourism Sanchar

काठमाण्डौँ, भाद्र ६ । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) जिल्ला शाखा काठमाण्डौको आयोजना र नेपाल पर्यटन पत्रकार संघ, केन्द्रिय सचिवालय समितीको समन्वयमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीलाई बिशेष सम्मान गरेको छ । बुधबार ठमेलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, टान अध्यक्ष नमराज दाहाल र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का अध्यक्ष ध्रुर्व सिम्खडालाई बिशेष सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री बुढाले कर्णाली प्रदेशले पर्यटन पत्रकारलाई हरेक आफ्ना पर्यटन गतिबिधीमा समावेश गराएको र एन्टोजले पर्यटन सम्भाव्यताको बारेमा कलम चलाएको प्रति हार्दिक आभार ब्यक्त गर्नुभएको थियो । उहाँले सरकारले सन् २०२० मा पर्यटन वर्ष मनाउने र प्रदेश स्तरबाट पर्यटन प्रवद्र्धनमा एन्टोजले मुख्य भुमिका खेल्ने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का अध्यक्ष ध्रुर्व सिम्खडाले कर्णाली प्रदेशमा भिटोफ नेपालले छिट्टै शाखा खोल्न पहल गरेको र साना लगानीका होमस्टे सञ्चालन गरी पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको थियो ।
त्यस्तै नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)का केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले कलमको माध्यमबाट हरेक पर्यटन क्रियाकलाप सहित सरकारसंग सहकार्य गरेर अघि बढ्ने र पर्यटन प्रवद्र्धनमा एन्टोजले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभएको थियो । उहाँले एन्टोजले देशैभर तथा विदेशमा शाखा विस्तार गरेको तथा वाँकि ठाउँमा शाखा विस्तार गरी पर्यटन प्रवद्र्धनमा सरकारलाइ सघाउने बताउनु भयो ।

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) काठमाडौ शाखाका अध्यक्ष जि. पि. पौडेलले कर्णाली प्रदेश पर्यटकीय दृष्टिकोणले पनि एक महत्वपुर्ण गन्तब्य भएको र काठमाण्डौले पनि कर्णाली प्रदेशको सिको गरी नयाँ पर्यटन क्षेत्रहरुको खोजी गर्न पहल कलमको माध्यमबाट खोजी गर्न पहल गर्नुपनेमा जोड दिनुभएको थियो । उहाँले पर्यटन प्रवद्र्धनमा काठमाडौ शाखा निरन्तर लागिरहने समेत बताउनुभएको थियो ।
यस्तै बिशेष सम्मान कार्यक्रममा बोल्दै एन्टोज जिल्ला शाखाका उपाध्यक्ष ईश्वर पनेरुले पर्यटन पत्रकारले निरन्तर कलम चलाएर सरकार र गाँउ गाँउमा थप पर्यटक भित्राउन र प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभएको थियो । उक्त कार्यक्रममा एन्टोज केन्द्रिय सदस्य साहास न्यौपाने, अस्मिीता गिरी लगायत सम्पुर्ण जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण एन्टोज जिल्ला शाखाका सदस्य भुवनराज उप्रेतीले गर्नुभएको थियो ।