नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटक भित्राइदै

  • प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०७५
  • Tourism Sanchar

काठमाडौं,भाद्र ५ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्राउने गरी सरकारले योजना अगाडि सारेको छ । प्रमुख गन्तव्यमा निगमका जहाज नै उडाउने सरकारको योजना गरेको हो । सोही आधारमा निगमले गत दुई महिना असार १४ र साउन १० गते दुई ठूला क्षमताका ‘वाइड बडी’ जहाज भित्राएको छ ।
नयाँ गन्तव्यमा उडानका लागि बिक्री प्रबन्धकको नियुक्ति तथा अन्य प्राविधिक तयारीको काम भइरहेको छ । जापानसँग द्विपक्षीय हवाई सम्झौता नवीकरण भएको र सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान भर्ने लक्ष्य रहेको जनाइएको छ ।
आर्थिक समृद्धि र रोजगारीको सिर्जनाका लागि पनि पर्यटन क्षेत्र नै महत्वपूर्ण आधार रहेको निष्कर्षका साथ सरकारले त्यसैमा ध्यान केन्द्रित गरेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय ध्वजाबहाकको भूमिका नै महत्वपूर्ण रहने र त्यसका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइरहेको छ । निगमको टिकट खरिदका लागि अनलाइन बुकिङ प्रणाली सञ्चालनमा ल्याइएको छ । त्यसबाट नेपाल आउन चाहने पर्यटकलाई थप सुविधा प्रदान गरिने जनाइएको छ ।