अन्तर्राष्ट्रिय विमानस्थलमा फ्रि वाइफाइ विस्तार

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५
  • Tourism Sanchar

काठमाण्डौ,भाद्र ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वाइफाइ फ्रि गरिएको छ । यात्रुहरुलाई सूचना आदान प्रदानमा थप सुबिधा दिने उद्देश्यका साथ फ्रि वाइफाइ विस्तार गरिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक बर्ष भित्रमा नेपालका सम्पूर्ण एयरपोर्टहरुमा वाइफाइ फ्रि बनाउने घोषणा अनुसार आन्तरिक टर्मिनलमा थप वाइफाइ फ्रि बनाएको हो ।
भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने उद्देश्यका साथ त्रिभुवन विमास्थललाई थप प्रभावकारी र व्यवस्थित बनाउदै लगिएको छ ।