एन्टोज जुम्लाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा शाहि

  • प्रकाशित मिति : मङ्लबार, साउन २९, २०७५
  • Tourism Sanchar

जुम्ला,साउन २९ ।  नेपाल पर्यटन पत्रकार संघ जुम्लाको जिल्ला कार्यसमिती चयन गरिएको छ । क्रियाशिल पत्रकार नेत्र बहादुर शाहिको नेतृत्वमा १३ सदस्यीय जिल्ला संघ गठन गरिएको हो । जसको उपाध्यक्षमा रेडियो कर्णालीका गोल्डेन बुढा, महिला उपाध्यक्षमा रेडियो नारी आवाजका स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने चयन हुनु भएको छ ।
त्यस्तै सचिवमा कर्णाली पोष्टका सह सम्पादक सागर परियार, कोषाध्यक्षमा रेडियो खुल्ला आकाशकी शान्तीमाया खत्री र सह सचिवमा शुभाकर विश्वकर्मा लगायत १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।
जुम्लामा रहेर स्थानीय तथा राष्ट्यि स्तरमा काम गर्दै आएका क्रियाशील पत्रकारहरुलाई सदस्यमा ल्याईको हो । नेपाल पर्यटन पत्रकार संघ कर्णालीका महिला उपाध्यक्ष दिलमाया शाहिको अध्यक्षता तथा पत्रकार महासंघका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
साथै, ५ सदस्यीय सल्लाकार समिति पनि गठन गरिएको छ । नरेन्द्रनाथ योगी, बरम महत, नौरेते नेपाली गिता शाहि महतर मानदत्त रावल सल्लाकार समितिमा आएका छन् । कर्णाली पर्यटनको मुहान भएको अध्यक्ष नेत्र बहादुर शाहिले भने, त्यहाँका हरेक सम्भावनालाई कलमका माध्यमबाट देशलाई चिनाउने प्रयास गरिने बताएका छन । त्यस्तै उनले पक्कैपनि पर्यटन प्रबद्धनका क्षेत्रमा सबैले कलम चलाउनेमा विश्वस्त रहेको समेत दाबी गरे । केन्द्र तथा प्रदेश संघले जिल्ला स्तरका साथीको क्षामता विकासका कार्यक्रम ध्यान दिन उनको सुझाब छ । भने, जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिका संग समन्वय गरी पर्यटन प्रबद्धनका लागि एन्टोज शाखा जुम्लामा सक्रिय हुने बताए ।
नयाँ कार्यसमिति चयन कार्यक्रममा जिल्लाका सबै पत्रकारहरुको सहभागिता रहेको थियो ।